Latest News

राजन गुरुङलाई तमु समाज कुवेतको सहयोग

बुद्धि तमु

पोखरा, २७ कार्तिक

तमु समाजमा जन्मिएर भविष्य कोर्दै गरेका बिज्ञानका प्रतिभावान विद्यार्थी राजन गुरुङको उच्च शिक्षाको निम्ति तमु समाज कुवेतद्वारा आर्थिक सहयोग शनिबार पोखरामा प्रदान गरिएको छ ।

तमु समाज कुबेतका अध्यक्ष खोपबहादुर गुरुङकी धर्मपत्नी पवित्रा गुरुङको सभाध्यक्षमा पैयुखोला तमु समाज काजीपोखरीको अध्यक्ष एचएमटी बलराम गुरुङको प्रमुख आतिथ्यमा आँधिखोला तमु समाजको हलमा भएको कार्यक्रममा प्रतिभावान विद्यार्थी राजन गुरुङको उच्च शिक्षाको लागि सरकारले समेत सहयोग गर्नु पर्ने माग राख्दै प्रमुख अतिथिले अनुशासित रही सही बाटोमा लागि कर्तव्य पूरा गर्न गुरुङलाई आग्रह सहित शुभकामना व्यक्त गर्नुभयो । संकलित रकम रुपैया ६९,०००/- गुरुङको दिदीको रोहवरमा संयुक्तरुपमा सभाध्यक्ष पवित्रा गुरुङ, प्रमुख अतिथि लगायत समाजका सदस्यहरुबाट प्रदान गरिएको छ ।

बालाकोट गा.बि.स. हाल नयाँ गाउँ निबासी क्याप्टेन नरबहादुर गुरुङले प्रतिभावान विद्यार्थी गुरुङको बारेमा मिडियाले सहयोग गरेको र निष्पक्ष रही समाचार सम्प्रेषित गर्नुपर्ने आवश्यकता रहेको बताउनु भयो । कार्यक्रममा अभियान्ता साथै व्हाइट लोटस प्रा.लि.का प्रबन्ध निर्देशक युगबहादुर गुरुङले राजन गुरुङको बारेमा जानकारी दिलाउनुभएको थियो । तमु (गुरुङ) समाज कतारकी महिला विभाग प्रमुख टौमाया गुरुङले तमु समाज कुबेतको सहयोग कार्यक्रमले आफूलाई अझ सहयोग जुटाउन प्रेरित गरेको उदाहरण दिनुभएको थियो । कार्यक्रममा समाजसेवी तथा बालाकोट होस्राङ्दी सम्पर्क तमु समाजका अध्यक्ष इन्द्रकुमार गुरुङ, तमु समाज कुवेतका रमेश गुरुङ, सुमित्रा गुरुङ, सनम गुरुङ ज्ञानसिरी गुरुङ, हिमाली सांस्कृतिक परिवारका सदस्य दिलु गुरुङ, सञ्चारकर्मी तथा तमु संसारकी प्रधान सम्पादक रोशनी गुरुङ, दिप्ति गुरुङ, तमु सञ्चारकर्मी संघ नेपाल, कास्कीका सदस्य बुद्धि तमु, पैयुखोला तमु समाजका भू.पू उपाध्यक्ष दुर्गाबहादुर गुरुङ लगायतको उपस्थिति रहेको थियो । पर्वत जिल्ला घरभएका गुरुङ हाल पोखरामा अध्ययनरत छन् । मिडिया मार्फत प्रचारमा आएका गुरुङको उच्च शिक्षाको लागि विभिन्न संघ संस्थाहरुबाट पनि सहयोग रकम प्राप्त हुनेक्रम जारी छ । कमला गुरुङले स्वागत गर्नुभएको कार्यक्रममा तमु समाज कुवेतका निबर्तमान उपाध्यक्ष नविन गुरुङले सञ्चालन गर्नुभएकोे थियो ।

rajan-1 rajan-2 rajan-3 rajan-8 rajan-7 rajan-6 rajan-5 rajan-4 rajan-9 rajan-11 rajan-12 rajan-13 rajan