Latest News

राजन तमुले सबैको सहयोगबाट उच्च शिक्षा पुरा गर्दे

पुनम तमु

तमुमै ता डटकम

पोखरा,असार १३ मंगलबार

राजन तमु प्रतिभाशाली भयतापनी आर्थिक अवस्था कमजोर भएको र पढ्न पाउने बातावरण नमिलेकोले १ वर्षआघिदेखी शुरुवात भएको यस अभियांनमा बििभन्न संघ संस्था स्वदेश बिदेशबाट सहयोग भएकोले उच्च शिक्षा हासिल गरिरहेको छ । यसै क्रममा प्रतिभाशाली राजन गुरुङको शैक्षिक स्तर अगाडी बढाउनको लागि केही सहयोग पुगोस भन्ने हेतूले गुरुङ भाषामा आधारित चलचित्र मैरिमो न्युयोर्कमा प्रदर्शन गरी वचत मध्ये एक लाख रुपैया प्रतिभाशाली राजन गुरुङलाई उच्च शिक्षा अध्ययनका लागि फिल्मका निर्माता,कलाकार प्रेम गुरुङ्ले पठाउनु भएको नासो रकम न्यूयोकबाट प्रतिनिधित्वो गरेर आउनुभएको नारायण तमु र वहाको धर्मपत्नी लिलमायाबाट रकम हस्तान्तरण गर्नुभएको थियो । सहयोग रकम हस्तान्तरण गर्नुभएका नारायण गुरुङले अमेरिकामा ४ शो प्रदर्शन गरिएको मैरिमो चलचित्रको कथाबस्तु पनि शिक्षालाई जोड दिने रहेको बताउनुहुदै राजन गुरुङको प्रतिभाले सबैलाई प्रेरित गर्न सकोस भन्ने शुभकामना व्यक्त गर्नुभयो । ह्वाईट लोटस स्टुडीयो तथा तमुमैता कार्यक्रमका निर्देशक युग तमुले बििभन्न संचार माध्यमले राजनको बारेमा समाचार छापेपनी आउनुपर्ने सहयोग नआएकोले तमुमै ता डटकमले सुरुवात गरेको अभीयानबाट सबैमा सहयोग भाबना जगाउँन सफल भई प्रत्यक्ष अप्रत्यक्ष सहयोग गर्नुभएकोमा धन्यवाद ब्यक्त गर्नुभएको थियो । राजन तमुको लागि आसवासन दिने थुप्रै भएतापनी अब राजन तमु आफै खठीन पर्ने भएकोले धेरै सहयोगीहरूको प्रस्ताप नराखेको भन्नुभयो । राजन तमु को उच्च शिक्षाको लागि हालसम्म तमु प्ये ल्हु संघ कुवेतबाट ५२ हजार, तमु समाज कुवेत ६९ हजार, तमु समाज बु्नाइँ १ लाख ३४ हजार ७ सय ७४ रुपैयाँ, प्रभु भाई समाज १ लाख ३३ हजार, प्रभु भाई चेलीबेटी १७ हजार ५ रुपैयाँ, पैयु बच्छा बक्षेस्वर तमु समाज २८ हजार ६ सय ३० रुपैयाँ, निरन्जन गुरुङको पहलमा हङकङबाट १लाख २८ हजार, सरिता गुरुङको पहलमा ७८ हजार २ सय ५० रुपैयाँ, तमु समाज ओमन ५० हजार १ सय ११ रुपैयाँ, चन्द्रमान गुरुङको पहलमा युकेबाट २ लाख २१ हजार १ सय ३० रुपैयाँ, मिमकाजी गुरुङ र कृष्ण गुरुङको पहलमा ८६ हजार ६ सय १५ रुपैया गरि जम्मा ९ लाख ९८ हजार ५ सय १५ रुपैया संकलन भएकोमा २ लाख ५७ हजार ७९८ रुपैया खर्च भएको र ७ लाख ४० हजार १ सय ७१ रुपैयाँ हाल मौज्दात रहेको बताउँनुभयो र राजनको अध्ययनका लागि पोखरा इञ्जिनियरिङ्ग कलेजले पुर्ण छात्रवृत्तिसहित अवसर प्रदान गरेकाले अबको अध्ययनकै लागि हात खुट्टा नहुदा नहुदै अहिले एस इ इ उतिर्ण गरेका चितवनका भरत गुरुङको सहयोगका लागि सहयोग अभियान संचालन गर्ने बताउनुभयो । यसैगरी मिलन फाउण्डेशनका संरक्षक दुर्गा घोताने गुरुङ (मिलन) तमुले प्रतिभाशाली राजनले शिक्षामा पढ्न पाउने अवसरलाई राम्रो सदुपयोग गरे आउँने नयाँ पिडिलाई धेरै कुरा सिकने वातावरण बन्ने छ भन्दै सुरुवात गर्न लागेको भरत तमुको अभियानलाई १० हजार सहयोग गर्नुभएको छ । राजनले आफूलाई जून बिस्वासका साथ उच्च शिक्षाको लागि सहयोग पुराउनुभएको सबैमा धन्यवाद ब्यक्त गदै आफनो पढाईलाई अझ निखारदै लैजाने बताएका छन । सेन्सरबाट चल्ने विभिन्न ६० भन्दा बढी यन्त्रहरु निर्माण गरिसकेका राजन गुरुङमा प्रतिभा भईकन पनि आर्थिक अभावले उच्च शिक्षा अध्ययन गर्न समस्या परेको थियो ।तमु संचारकर्मी संघ नेपालको आयोजनामा भएको कार्यक्रममा संघका संस्थापक तथा कास्की आवजका सम्पादक होम तमुको सभाध्यक्षमा समपन्न रहेको कार्यक्रममा संघकै सदस्य देविजंग तमुले कार्यक्रम संचालन गर्नुभएको थियो ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*