Latest News

रोधीको “रोधी सीने अवाड” हुने ।

गुरुङ फिल्म को शुरूवात बि स २०५२ सालमा पाते ( माइली ) फिल्म बाट भएको हो । जस्को निर्माण रोधी परिवार भन्ने सस्थाबाट भएको थियो । तात्कालिन समयमा रोधीले , सास्कृतिक कार्यक्रम देश बिदेशमा गर्नुको अलावा रोधी भन्ने सास्कृतिक पत्रीका प्रकाशन गर्थ्यो । पछी सुनौलो भबिस्य निर्माणमा बिदेशीए भने कति आ-आफ्नै ब्यापार ब्याबसायमा लागे । त्यस समयको रोधीको सदस्य अनि पहिलो गुरुङ नायक प्रितम गुरुङ भने चलचित्र क्षेत्रमा लागिपरिरहे । कलाकार , लेखक,निर्माता , निर्देशकको रूपमा । २ दशकको फिल्मी यात्रामा प्रितम गुरुङले गुरुङ , नेपाली र मगर भासाको गरेर ४० चलचित्रको निर्देशन गरिसक्नु भएको छ । आदिवासी जनाजाती मात्र नभैइ नेपाली चलचित्र क्षेत्रमा नै यो एउटा उदाहरण हो सम्भबत पहिलो पनि ।
 एकजनाको निर्देशनमा बनेको ४० भिन्न चलचित्र बिचमा निर्णायक राखेर प्रतिस्पर्धा गराइ उत्कृष्टलाई अवार्ड प्रदान गरिने उदेश्यले यो रोधी सिनेमा अवार्ड आयोजना गरिएको हो । लेखन र निर्देशन बिधा बाहेक अन्य उत्कृष्ट नायक , नायिका , खलनायक , क्यामरा , इडिट , गायक , गायिका , संगीत आदि १८ बिधामा अवार्ड प्रदान गरिनेछ ।
 रोधी सिने अवार्ड आगामी माघ २० गते नाचघर जमलमा हुनेछ भने माघ महिनाको पहिलो ह्प्ता कार्यक्रम आयोजना गरि टप फाइप प्रकाशित गरिनेछ ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*