Latest News

लमजुङ उद्योग वाणिज्यको महासचिवमा गुरुङ, कोषाध्यक्षमा श्रेष्ठ मनोनित, बस्नेतलाई उपमहासचिवको जिम्मेवारी

लमजुङ, ५ साउन ।

लमजुङ उद्योग बाणिज्य संघको महासचिवमा कृष्णजंग गुरुङ र कोषाध्यक्षमा भरतकुमार श्रेष्ठ चयन हुनुभएको छ ।

संघको विहिबार बसेको कार्यसमिति बैठकले गुरुङलाई महासचिव र श्रेष्ठलाई कोषाध्यक्षमा चयन गरेको हो । गुरुङ अधिवेशनबाट सदस्यमा निर्वाचित हुनुभएको थियो भने श्रेष्ठलाई मनोनयन गरिएको हो । यस्तै उद्योग बाणिज्य संघ बेसीशहर इकाईका अध्यक्ष प्रदिप बस्नेतलाई उपमहासचिवको जिम्मेवारी दिइएको छ । बैठकले कार्यसमिति सदस्यमा दिपेन्द्र न्यौपानेलाई मनोनित गरेको छ ।

बैठकले सल्लाहकारसहितको विभिन्न उपसमितिहरु गठन गरेको अध्यक्ष राजेश थापाले जानकारी दिनुभयो । सल्लाहकार समितिमा संस्थापक अध्यक्ष तिलकबहादुर पौडेल, पूर्व अध्यक्षहरु हिरालाल प्रधान, धर्मराज श्रेष्ठ, प्रमोदकुमार श्रेष्ठ र भेषबहादुर पौडेल रहनुभएको छ ।

बैठकले पर्यटन प्रबद्र्धन उपसमिति संयोजकमा राम कुमार श्रेष्ठ, उद्योग प्रवद्र्धन तथा राजश्व परामर्श उपसमिति संयोजकमा रामबाबु श्रेष्ठ, संघ संस्था समन्वय उपसमिति संयोजकमा गुणराज सिलवाल, व्यापार (वाणिज्य) प्रबद्र्धन उपसमिति संयोजकमा अशोक अधिकारी, सचिबालय उपसमिति संयोजकमा कृष्णजंग गुरुङ, आर्थिक सुदृढिकरण उपसमिति संयोजकमा भरत कुमार श्रेष्ठ, बुलेटीन तथा क्यालेन्डर उपसमिति संयोजकमा प्रदिप बस्नेतलाई जिम्मेवारी दिइएको छ ।

यस्तै ईकाई सुदृढिकरण उपसमिति संयोजकमा बिश्व पौडेल, जडिबुटी प्रबद्र्धन उपसमिति, संयोजकमा दिपेन्द्र न्यौपाने, लेखा व्यवस्थापन उपसमिति संयोजकमा बिकास अधिकारी, सुचना प्रबिधि उपसमिति संयोजकमा श्रीकृष्ण लामिछाने र कृषि उपसमिति संयोजकमा बिकाश श्रेष्ठलाई जिम्मेवारी तोकिएको छ ।

साभार : दैनिकपाटी डट्कम

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*