Latest News

लोकनृत्यमा मगर संघ चाउथे उत्कृष्ट, अशोकले पाए स्कुटर, तीन स्रष्टा सम्मानित

पोखरा, २ पुस।

पोखरा सभागृहमा शनिबार देशभरका अधिकांश लोकनृत्य प्रस्तुत गरिए । झोरा, यानीमाया, लाठी, माझी, चरित्र, धिमाल, कौरा सुनिमाया, साकेला, झ्याउरे, घाटु, मारुनी, सोरठी, नचरी, मयूर,झ्यारेलगायतका लोकनृत्य खचाखच दर्शकमाझ कलाकारले प्रस्तुत गरे । अनुशीलन कला पाठशाला पोखराको आयोजनामा ‘लोक मञ्च’ नाम दिएर शनिबार आयोजित खुल्ला नृत्य प्रतियोगिता साथै स्रष्टा सम्मान कार्यक्रम २०७३ मा विभिन्न १७ टोलीले आफ्नो प्रस्तुति राखेका हुन् ।

प्रतियोगितामा नेपाल मगर संघ चाउथे इकाइ प्रथम भएको छ। यसैगरी, हाम्रो डान्स ट्रेनिङ सेन्टर धरान दोस्रो र नाल्मा घाँटु समूह लमजुङ तेस्रो भए । साथै, नवदीप बोर्र्डिङ स्कूल पोखरा, रामबजार पुन समाज पोखरा र तरेली सांस्कृतिक परिवारले सान्त्वना पुरस्कार प्राप्त गरेका छन् ।

प्रतियोगितामा प्रथम हुने नृत्य समूहले एक लाख, दोस्रो हुनेले ५० हजार र तृतीयले २५ हजार नगद प्राप्त गरे । त्यस्तै, सान्त्वना भएका तीन समूहले १०/१० हजार पाएका छन् । प्रतियोगिताभरका एक जना सवोर्त्कृष्ट नृत्य निर्देशक अशोक आलेमगरले यामाहा स्कुटर पाए । यस्तै उत्कृष्ट पाँच निर्देशकलाई जनही १० हजार प्रदान गरियो। निर्देशकलाई यति ठूलो रकम पुरस्कार दिइएको नेपालमा यो नै पहिलो पटक भएको आयोजकको दाबी छ ।

अनुशासित टिमबाट पसगाउँ कृष्णचरिण नृत्य समूह लमजुङ, भेषभूषामा रेन्बो एकेडेमी पोखरा र मौलिकतामा बागिना समूह र्सुखेत पुरस्कृत भए ।

एसएमएस भोटिङविना आयोजित प्रतियोगितामा सांस्कृतिक संस्थान नेपालका नृत्य विभाग प्रमुख विजय मानन्धर, वरिष्ठ नृत्य निर्देशक गम्भीर वर्देवा, वरिष्ठ संस्कृतिकर्मी (पूर्वीय संस्कृति) मनोज राई किराँती, वरिष्ठ संस्कृतिकर्मी झोरा, कौरा र सारेठीतर्फ गमबहादुर गुरुङ ‘गजेन्द्र’, वरिष्ठ संस्कृतिकर्मी कौरातर्फ हर्क आले र वरिष्ठ नृत्य निर्देशक गोरे गुरुङ निर्णायक मण्डलमा थिए।

कार्यक्रममा पोखरेली श्रष्टा पदमराज ढकाललाई लोकसंस्कृति, धनबहादुर गायकलाई संगीत र बुद्ध्रि्रसाद गुरुङ -गौरी) लाई नृत्य विधामा पुर्‍याएको योगदानको कदर गर्दै जनही ५१ हजारसहित सम्मान गरिएको छ। उनीहरूलाई प्रमुख अतिथि सांस्कृतिक संस्थान नेपालका महाप्रबन्धक राजेश थापा, जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत अनीलकुमार शाहीलगायतले सम्मान गरेका थिए ।

यस्तै, नृत्य निर्देशकहरू थमनजंग गुरुंग र जयबहादुर कार्की, बाल प्रतिभासम्मानबाट सुहाना खत्री र प्रकृति थापा मगरलाई पनि सम्मान गरिएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि सांस्कृतिक संस्थान नेपालका महाप्रबन्धक राजेश थापाले संस्कृति जगेर्ना गर्ने हेतुले नेपालका विभिन्न क्षेत्रमा नाचिने लोक नृत्यलाई पोखरामा एकै पटक प्रस्तुत गर्ने आयोजकको अभियान महान भएको बताए । नेपाली समाज आफ्नो संस्कृतिबाट टाढा हुँदै गएको सर्न्दर्भमा यस्ता लोक संस्कृत्रि्रति युवा पुस्ताको आकर्षण बढाउन कार्यक्रम फलदायी भएको उनले बताए ।

मंसिर १७ गते पोखरा सभागृहमा अडिसनमार्फत् मुलुभरका २९ टोलीबाट १९ टोली छनौट भएकोमा प्राविधिक कारणले काठमाण्डौं र झापाको टोली पोखरा आउन सकेनन्। कलाकार खिमकुमार गुरुंङ ‘प्याहाली’को अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव मनकुमार श्रेष्ठ र सञ्चारकर्मी मन क्षेत्रीले गरेका थिए। कार्यक्रममा पाठशालामा अतुलनीय योगदान गर्नेलाई प्रशंसापत्र प्रदान गरिएको थियो ।

साभार : eAdarsha.com

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*