Latest News

ल्हेगें परिवारको भेटघाट कार्यक्रम सम्पन्न

फार्नबोरो । ल्हेंगे गुरुङ परिवार युकेले एक भेटघाट कार्यक्रम आयोजना गरेको छ ।
गत शनिबार फार्नबोरोस्थित सामुयल कोडी कलेजमा आयोजित कार्यक्रमलाई परिवारका जेष्ठ सदस्य श्रीध्वज गुरुङले दीपप्रज्ज्वलन गरी उद्घाटन गरेका थिए । करिब २०० जना दाजुभाइ तथा छोरी ज्वाइँहरुको उपस्थिति रहेको कार्यक्रममा हालै वैवाहिक बन्धनमा बाँधिएका नवविवाहित जोडी, विभिन्न विषय र तह उत्तीर्ण गरेका विद्यार्थीहरुलाई बधाई दिएका थिए । लामो समयदेखि फोटो पत्रकारितामा रहेर परिवारलाई सहयोग गर्दै आएका मिलन तमुलाई फेटा लगाई सम्मान गरिएको थियो । त्यस्तै, परिवार महासचिव मेजर खुसीमान ल्हेगें गुरुङ एमभिओ हालै तमु प्ये ल्हु संघ युकेको गरिमामय पद अध्यक्षमा चयन भएकोमा बधाईसहित मायाको चिनो प्रदान गरियो ।
परिवारका अध्यक्ष प्रोफेसर नारायण ल्हेगें गुरुङको अध्यक्षतामा सम्पन्न भएको भेटघाटमा परिवारका महासचिव मेजर गुरुङले कार्यक्रमलाई सहयोग गरेका विभिन्न व्यक्तिहरुलाई धन्यवाद दिए । कार्यक्रममा राफल ड्रको समेत गरिएको सो ड्र मा विभिन्न व्यक्तिहरुले प्रायोजन गरेका थिए ।
विविध मनोरञ्जनका साथ सम्पन्न भएको भेटघाटमा दिलीप गुरुङले डिजे, भेटघाट रेस्टुरेन्टले खाना र फोटोग्राफीमा मिलन तमुले विशेष भूमिका खेलेका थिए भने निर्जा गुरुङले कार्यक्रम सञ्चालन गरेकी थिइन् ।

साभार:एभरेष्ट टाईम

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*