Latest News

सधैंका लागि साउदीमै निदाए गोरखाका डम्मर बहादुर गुरुङ

बैशाख ७-गोर्खा ,खोप्लाङ्ग ९ का ३३ बर्षिय डम्मर बहादुर गुरुङको साउदीमा अप्रिल १६मा निधन भएको छ ।अस्पतालले गुरुङलाई “प्रेसर, जन्डिस र दुबै किड्नि समेत  फेल भएको कारण गुरुङलाई बचाउन नसकेको जनाएको छ ।

बिगत सात बर्षदेखि रियाद स्थित साउदी कार्पेट कम्पनिमा काम गर्दै आएका गुरुङलाई बिरामी हुदै नेपाल फिर्ता पठाउन पहल गरिएको र उनलाई सहयोग गर्न नेपालीहरुले एक लाख सहयोग पनि उठाएका थिए तर कम्पनीले इजाजत दिन र पासपोर्ट दिन अति ढिला  गरेको कारणले  गुरुङ्गलाई साउदीकै हस्पिटलमा उपचारको लागि गरिएको   साउदीबाट पानाखबरका हितैषी कुश मिलन गुरुङले जानकारी दिए गुरुङ्गको लागि उठाईएको संकलित रकम भने निधन पुर्व नै गुरुङ आफै बैंकमा गएर आफ्नो आफन्तको नाममा नेपाल पठाई सकेको थिए ।

गुरुङको एक श्रीमती र एक छोरा र एक छोरि रहेका छन् ।मृतक गुरुङ्गको शव छिटो भन्दा छिटो नेपाल पठाई दिनका लागि नेपाल राजदुतावासलाई जानकारी गराईसकिएको  कार्पेट कम्पनिमा कार्यरत लिला श्रेष्ठले जानकारी दिएका छन् ।

साभार : पानाखबर डट कम 

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*