Latest News

समाजसेवामा मेरेा येागदान अनि एनअ।रएनए जापानकेा महिला उपाध्यक्षमा उम्मेदवार दिनकेा कारण – अनिता गुरूङ लामा

आदरणीय जापानवासी आमा-बुवा,दिदी-बहिनी, दाजु-भाई र साथीहरूमा शीतल अभिवादन !

बिदेशमा रहेका हामी नेपालीको एउटै छाता संस्था एन आर एन ए को चुनाबी माहौल र प्रतिस्पर्धा संसारभर छरेर रहेका नेपाली समुदाय भएका देशहरुमा चलिरहेछ । तदनुरुप नेपालीहरुको बाक्लो उपस्थिति रहेको साथै एन आर एनको केन्द्रीय नेतृत्व तहमा पटक  पटक बिभिन्न पदमा नेतृत्व गर्ने अग्रजहरु तयार गरेको र गर्दै गरेको एन आर एन जापान, विश्वभरका नेपालीका लागी एक नमूना र मार्गदर्शक पनि हो ।

त्यसैले यस अभियान मा जोडिनका लागि मेरो सानो परिचय यहाँहरुसामु राख्न चाहन्छु :-

१० बर्ष अघि जापान आई यस अवधिमा विभिन्न संस्थामा आवध्द भै नेपालीको सेवा गर्न पाउँदा खुशी लागेको छ । जसको केही विवरण निम्नलिखित छन :- १.सर्वप्रथम आफू गुरुङको छोरी भएकोले मेरो सामाजिक सेवाको शुरुवात तमुधीँ जापानबाट भयो। यो सँस्थामा लगातार आबद्व भै हाल बरिष्ठ उपध्याक्ष पदमा सेवारत छु ।

२. जापान आई बिभिन्न पेशा ब्यवसाय गर्दै आउनु भएका मनाङवासीहरुको सँस्था मनाङ सोसाइटी जापानको संस्थापक सदस्यको रूपमा विभिन्न सामाजिक कृयाकलापमा सक्रिय छु ।

३. एन.आर .एन.जापानको २०११-२०१३ कार्यकालमा कार्यसमितिको सदस्य,२०१३-२०१५ आई.सी.सि. महिला प्रतिनिधि रहि यस संस्थाले गर्दै आएका बिभिन्न सामाजिक कार्यहरूमा क्रियाशील ।

४. “नेपाल फेष्टिबल २०१३ ” को  मुख्य आयोजक Women’s Commitee मा उपाध्यक्ष पदमा रही नेपाली कला र संस्कृतिलाई जापानमा चिनाउने पवित्र कार्यमा सक्रिय भई कार्यक्रम भव्य र सभ्य रुपमा सफल।

५. एन आर एन ए को “ग्लोबल सम्मेलन २०१४ ” तातेशिना नागानो-कु मा सक्रिय सहभागिताका साथै एन आर एन बाट हुने हरेक कार्यक्रमहरूमा सक्रियता।

६.पूर्वी नेपाल सहकार्य विकास केन्द्र,जापानका विभिन्न सामाजिक कृयाकलापहरुमा सकृय रुपमा आवद्वता। ७.हामी महिलाहरुको समूहद्वारा नेपालमा ललितपूरको फुलचोकी उच्च माध्यमिक विधालयमा २ जना र दोलखाको बिधालयमा २ जना गरिब तथा जेहेन्दार विधार्थी बहिनीहरूलाई ११ र १२ कक्षाको छात्रावृति दिदै आएको र अन्य ठाउँहरुमा पनि छात्रबृति दिने प्रयासरत छौं।

निम्न कारणले एन आर एन मा “महिला उपध्याक्ष”मा मेरो उम्मेद्वारी

: १)महिलाहरूमाथि हुने विभिन्न हिंसा न्यूनिकरण गर्न।

२)-सुत्केरी तथा बालबालिकाहरूको लागि आवश्यक सेवा तथा परामर्श सहज बनाउँन।

३)महिलाहरूलाई सामाजिक संघ संस्थाहरूमा बढिभन्दा बढि सहभागि हुन उत्प्रेरित गर्न ।

४)महिलाहरूभित्र लुकेको प्रतिभालाई प्रस्फुटित गर्न गराउन । –

५)विधार्थी,कुक,व्यवसायी,युवा,डिपेन्डेन्ट्स लगायत संपूर्ण नेपालीका समस्यालाई  आपसी सहकार्यद्वारा समाधान गर्न ।

एन.आर.एन. एक गैरराजनीतिक, गैर-मूनाफा मूलक संस्था भएको र म आफूमा पनि सामाजिक सेवा गर्न सधै उत्सुक रहेको तथा एक नारीको हैसियतले म आफूले जानेको , सिकेको र बुझेको कुरालाई नारीहरूको उत्थानमा योगदान गर्नै पर्दछ भन्ने आकांक्षा भएकोले आउँदो एन.आर. एन. जापानको चुनावमा “महिला उपाध्याक्ष” पदमा उम्मेदवारीको दिँदैछु । सदा झैं यहाँहरुको सहयोग र साथको अपेक्षा गर्दै एन आर एन जापानलाई समस्त जापानबासी दाजुभाई दिदी बहिनीहरूको भावनात्मक र एक मात्र साझा संस्था बनाउन अझै जोड़ दिनेछु ।  धन्यवाद । जय एन आर एन !!

साभार :  समायोजना खबर डट्कम

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*