Latest News

समाजसेवी इशा

बेलायत, २३ भदौ ।

पोखराकी चेली इशा गुरुङ बेलायतमा बस्छिन् । १७ वर्षयता ज्यान बेलायतमा भए पनि उनको मनचाहिँ नेपालतिरै हुन्छ । त्यही मनले उनलाई समाजसेवामा सक्रिय पारेको छ ।
उनले असहाय चेपाङ महिला, गुल्मीका बालबालिका, चितवनका द्वन्द्वपीडित बालबालिका, ताप्लेजुङका आगलागीपीडित हुँदै भूकम्पपीडित, बाढीपीडितसम्म सहयोग पुर्याएकी छन् । उनले आपतविपतमा परेका व्यक्ति तथा संघसंस्थालाई पनि सक्दो सहयोग गरेकी छन् । यति मात्र होइन, क्यान्सररोगीदेखि ओढारमा बस्न बाध्य वृद्धालाई काठमाडौंसम्म ल्याउन पनि साथ दिइन् ।
उनी कसरी समाजसेवाप्रति आकर्षित भइन् त ? ‘सानै उमेरदेखि कोमल मनको थिएँ म, गरिब, पीडित देखे साह्रै माया लाग्ने स्वभावको थिएँ । पछि विदेश लागेपछि धेरथोर कमाउन थालें । सामाजिक सञ्जालमार्फ़त धेरैलार्ई सहयोग गर्ने मौका पाएँ, जुन कुराले मलाई आनन्द मिल्यो ।’
समाजसेवामा निरन्तर लागिपर्ने उनी बताउँछिन् । ‘हामी मान्छे तमासा हेर्न मन पराउछौं तर कसैको पीडाका लागि सकेको सहयोग र २–४ शब्द खर्चिन कन्जुस्याइँ गर्छौं, के यो हाम्रो संस्कार हो त ?’, उनले फेसबुकमार्फत यस्तो प्रश्न गरेकी छन् ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*