Latest News

समाजसेवी त्रिलोक गुरुङ द्वारा बाढि पिडितको लागि रु तिन लाख सहयोग

काठमाडौँ :

लामो समय देखि सामाजिक कार्यमा अग्रणी भूमिका निर्बाह गर्दै आउनु भएका गैह्र आवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद्का सल्लाहकार समेत रहनु भएका हङकङ निबासी बरिष्ट समाजसेवी यमकुमार (त्रिलोक) गुरुङले देशमा भईरहेको तथा तराइका जनताले भोग्नु बारेको विपत्तिलाई सहयोग पुर्याउने उदेश्यले रु. ३,००,०००(रु. तिन लाख) सहयोग गर्नु भएको छ l भूकम्प पछि हङकङबाट मात्र झण्डै एक करोड रुपैयाँ संकलन गरेर भुकम्प पीडितलाई पठाउन उल्लेख्य भूमिका निर्वाह गर्नु भएका बरिष्ट युवा समाजसेवी तथा ब्यबसायी त्रिलोक गुरुङ पिडितहरु संग हातेमालो गर्दै विभिन्न स्थानमा आफै पुगेर समेत स्वयंसेवकको भूमिका निर्बाह गर्दै नेपाल आमा प्रतिको दायित्व निर्बाह गर्दै आउनु भएको छ l जहा जति बेला नेपाल आमा जन्मभूमिलाइ बिपत्ति आउछ त्यस समयमा जहिले पनि बरिष्ट समाजसेवी यमकुमार (त्रिलोक) गुरुङले आफ्नो हातमा हात तथा साथमा साथ मिलाएर जन्मभूमि प्रतिको दायित्व पुरा गर्नु भएको छ l एनआरएनए बाढि पिडित उद्दार कोष मार्फत रु तिन लाख सहयोग गर्नु भएका गुरुङ अबका केहि दिनमा आफै पनि नेपाल आएर उद्दार कार्यमा खटिने जानकारी सामाजिक संजाल मार्फत जानकारी गराउनु भएको छ l गोर्खा एकता इन्टरनेशनल ग्रुप मार्फत् हङकङ र मकाउमा निर्माण र सुरक्षा क्षेत्रमा व्यवसाय गरिरहेका यमकुमार (त्रिलोक) गुरुङ गैह्र आवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद्का सल्लाहकार हुन्। एनआरएनए हङकङको दुई कार्यकाल अध्यक्ष भए पछि उनी एक कार्यकाल एसिया प्यासिफिकको संयोजक समेत रहीसक्नु भएको छ l

साभार : सी एन एन इ न्युज डट्कम

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*