Latest News

सहारा क्लब यु.के. हङकङ र अष्ट्रेलियाद्धारा धन्यवाद ज्ञापन

रोशनी गुरुङ÷पोखरा २१ माघ
सहारा क्लब यु.के., हङकङ र अष्टे«लियाको टोलीले पोखरामा संयुक्त रुपमा एक कार्यक्रमको आयोजना गरी १६औं संस्करणको आहा रारा गोल्डकपमा प्रत्यक्ष, अप्रत्यक्ष रुपमा सहयोग गर्ने सबैलाई आभार व्यक्त गरेको छ ।
कार्यक्रमलाई सम्बोधन गर्दै सहारा क्लब यु.के.का अध्यक्ष मीन गुरुङ (साइला)ले पोखराको खेलकुदको विकासका लागि प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा सहयोग गर्ने आयोजक सहारा क्लब पोखरा, तथा विदेश स्थित शाखा क्लबहरु र प्रायोजक, स्वयं सेवक, पत्रकार, खेलाडी सबैप्रति आभार व्यक्त गर्नुभयो । साथै उहाँले आगामी दिनमा पनि सबै क्षेत्रबाट यस्तै सहयोगको आफुले अपेक्षा गरेको बताउनुभयो ।
कार्यक्रममा सहारा क्लब हङकङका अध्यक्ष दीपक गुरुङले विदेशमा बसेर आर्थिक सहयोग गर्ने दाता र पोखरामा बसेर प्रत्यक्ष रुपमा क्लबमा सहयोग पु¥याउने स्वयं सेवक सबैको उत्तिकै भूमिका सहारामा रहेको भन्दै सहयोगी सबैलाई धन्यवाद दिनुभयो ।
यस्तै सहारा क्लब पोखराका वरिष्ठ उपाध्यक्ष सुरज गुरुङले अग्रज अनुज सबैको साथ र सहयोगले आफुहरुले सफलता पूर्वक प्रतियोगिता सम्पन्न गरेको भन्दै सबैप्रति आभार व्यक्त गर्नुभयो । कार्यक्रममा सहारा क्लब पोखराको तर्फबाटबाट क्लबका यु.के. अध्यक्ष मीन गुरुङ (साइला) तथा हङकङ अध्यक्ष दीपक गुरुङलाई प्रशंसा पत्र प्रदान गरिएको थियो । यस्तै स्थापनादेखि प्रतियोगितामा मुख्य प्रायोजकको भूमिका निर्वाह गर्दै आउनु भएका हिमश्री फुडस प्रा.लि.का प्रबन्ध निर्देशक प्रकाश के.सी.लाई प्रशंसा पत्र प्रदान गरिएको थियो । सो अवसरको बोल्नुहुदै के.सी.ले सबैको मायाले आफुहरुले यति लामो समयसम्म प्रतियोगितामा मुख्य प्रायोजन गर्ने अवसर मिलेको भन्दै अब पोखराको विकासको लागि सबै मिलेर अघि बढनुपर्ने बताउनुभयो ।
अनौपचारिक रुपमा सञ्चालन गरिएको कार्यक्रमको सञ्चालन सहारा क्लब यु.के.का महासचिव क्रिस गुरुङले सञ्चालन गर्नुभएको थियो । कार्यक्रममा सहारा परिवार, पत्रकार तथा प्रायोजकहरुको उपस्थिती रहेको थियो ।