Latest News

सहारा हङकङको तेस्रो साँझ सम्पन्न

पुनम तमु
तमुमै ताँ डटकम
हङकङ जेठ २१,आइतबार

४ जुन २०१७ अाईतबारको दिन सहारा हङकङले तेस्रो साँझ युमा तेई स्थित कम्युनिटि हलमा भब्य रुपमा मनाएको छ ।

पोखराको सहारा एकेडेमीको सहयोगार्थ सहारा हङकङको आयोजनामा उक्त कार्यक्रम भएको हो र कार्यक्रममा सुगम पोखरेेल,समृिदि राई,जयकुमार परियार,द्रिस्टीबिहिन सरिता अधिकारी,प्रिया तमु,बालकलाकार बेगेंन्द्र बुढालगायतको प्रस्तुति रहेको थियो ।सहारा साँझबाट संकलित रकम सहारा एकेडेमी र भूकम्पले भत्काएको सिन्धुपाल्चाेकको हैवुङ ६ मा पर्ने माध्यमिक बिधालयको भवन निर्माणका लागि सहयोग गरिने आयोजक सहारा हङकङका अध्यक्ष दीपक तमुले बताउनुभएको छ ।

कार्यक्रममा मुख्य प्रायाेजक ईन्द्र बारही ज्वलरी जाेर्डन,सह प्रायाेजक समाजसेवी,कानुनी ब्यवसायी सहारा हङकङका बरिस्ठ सल्लाहकार देव गुरुङ,मिलान फाउन्डेसन नेपालका सँरक्षक तथा समाजसेवी चलचित्र निर्माता दुर्गा मिलन,जाेर्डन सुकुटि ग्रुप सँस्थाका सल्लाहकार समितिका ब्यक्तीत्वज्युहरुले गर्नुभएको थियो ।कार्यक्रमका प्रमुख अतिथी सहारा पाेखरा नेपालका अध्यक्ष श्रीमान बिरभद्रअाचार्य ज्यु रहनुभएको थियो ।विशेष अतिथी सहारा यु के का अध्यक्ष मिनबहादुर गुरुङ,सहारा अष्ट्रेलियाका अध्यक्ष राजमान थकाली,सल्लाहकार समितिका प्रमुख सल्लाहकार तुल्सी गुरुङ ( HKNTA.मा. तथा We will RiseकाFounder) लगायत विभिन्न सँघ, सँस्थाका अध्यक्ष तथा प्रतिनिधिज्युहरुकाे उपस्थिती रहेको थियो ।

कार्यक्रममा सहारा यु के का अध्यक्ष मिनबहादुर गुरुङ, सहारा अष्ट्रेलियाका  अध्यक्ष राजमान थकाली,सल्लहकार समितिका प्रमुख सल्लाहकार GrendMaster तुल्सि कुमार गुरुङ विशेष अतिथी नेपाल एयारलेन्सका कन्टि मेनेजर सुश्री सुप्रीया तुलाधर लगायत ब्यक्तित्वोहरुले सुभकामना ब्यक्त गर्नुभएको थियो ।

दाेस्रो साँङ्गेतिक, मनाेरञ्जन कार्यक्रमलाई अादर्शकला केन्द्रका काेरियाेग्राफर ,गायक, सँगितकार मा. जयकुमार परियारले सँचालन गरेका थिए।सहारा हङकङका अध्यक्ष दिपक तमुको अध्यक्षतामा समपन्न भएको कार्यक्रममा अाैपचारिक कार्यक्रमकाे सँचालन महासचिव विल तामङज्युले गर्नु भएकाे थियाे भने स्वागत मन्तव्य सहित कार्यक्रमकाे उद्देश्य बारे उपाध्यक्ष श्रीमती रेनुका गुरुङले प्रष्टाउनु भएको थियो।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*