Latest News

सांस्कृतिक परिवारको २१ वार्षिकोत्सव सम्पन्न शिक्षाविद गुरुङ अभिनन्दित,गायिका हरिकला सम्मानित

हुम तमु
पोखरा, २३ माघ
नेपाली लोक सँस्कृति बचाऔं अभियानका साथ क्रियाशील हिमाली साँस्कृतिक परिवारको मंगलवार पोखरा रामबजारस्थित भँवरकोट पार्टी प्यालेसमा २१ औं वार्षिकोत्सव सम्पन्न भएको छ ।
पोखरा ९, पुरानो वसपार्कमा कार्यलय रहेको हिमाली साँस्कृतिक परिवारले आफ्नो वार्षिकोत्सवमा शिक्षा क्षेत्रमा लामो समयदेखि योगदान पुर्याउदै आउनु भएका पृथ्वीनारायण क्याम्पसका पुर्व क्याम्पस प्रमुख, शिक्षाविद गणेशबहादुर गुरुङलाई अभिन्नदन र पुरानो एवं ओझेलमा परेकी पोखरा बाटुलेचौरकी गायिका हरिमाया गायकलाई परिवारका अध्यक्ष रुपेन बाबु स्मृति पुरस्कारबाट सम्मान गरिने गरिएको थियो ।
अभिनन्दित शिक्षाविद गुरुङलाई कार्यक्रमका प्रमुख अतिथि कर्णेल जेपी क्रस, परिवारका प्रमुख संरक्षक चेतन कार्की र तमु धिं नेपालकी अध्यक्ष कर्म तमुले अभिनन्दन पत्र, दोसल्ला, खादासहित अभिनन्दन गर्नुृभएको हो ।
यसरी नै परिवारका अध्यक्ष रुपेन बाबु स्मृति पुरस्कारबाट सम्मानित प्रतिभावान पुराना कलाकार हरिकला गायकलाई प्रमुख अतिथि जेपी क्रस, प्रमुख संरक्षक चेतन कार्की र परिवारद्धारा मानार्थ सदस्यबाट सम्मानित महेस गुरुङले १० हजार ५ रुपैयाको थैली, सम्मानपत्रसहित दोसल्लाबाट सम्मान गरिएको थियो । यसैविच २०२३ सालमा लोकगायन अन्तर अञ्जच प्रतियोगितामा प्रथम हुनभएकी गायकलाई परिवारकी मानार्थ सदस्य बोलमाया गुरुङको तर्फबाट ५ हजार रुपैयाले सम्मान गरिएको थियो । 
अभिनन्दित गुरुङ शिक्षाविद गुरुङ र सम्मानित गायकको योगदानको बारेमा प्रमुख संरक्षक चेतन कार्कीले जानकारी गराउनुभएको थियो ।
अभिनन्दित शिक्षाविद गणेशबहादुर गुरुङले मन्तव्य व्यक्त गनुृहुदै संस्कृतिको धनि देश नेपालको लोकसँस्कृतिको संरक्षणमा हिमाली साँस्कृतिक परिवारको ठुलो योगदान रहेको भन्दै अत्यन्तै गौरवशाली संस्थाबाट अभिनन्दित हुन पाएको खुशी व्यक्त गर्नुभयो । हिमालीले नेपालको हिमाल, पहाड, तराईको मौलिक संस्कृतिलाइृ अन्र्तराष्ट्रिय मञ्चमा पुर्याएको भन्दै हिमाली साँस्कृतिक परिवारको प्रगतिको कामना गर्नुभयो । सम्मानित हरिकला गायकले भने गीत प्रस्तुत गर्नुभएको थियो ।
कार्यक्रममा प्रमुख अतिथि समाजसेवी कर्णेल जेपी क्रसले आफ्नो ७३ वर्षको नेपाल वसाईमा धेरै महत्वपुर्ण कार्यक्रमहरु मध्ये शिक्षाविद गणेशबहादुर गुरुङ जस्ता ठुलो मान्छेलाई आफ्नो अभिनन्दन गर्न पाउनु अत्यन्तै गौरब महसुस गरेको बताउनुभयो ।
संस्थाहरुको तर्फबाट तमु धिं नेपालकी अध्यक्ष कर्म तमुले मन्तव्य व्यक्त गर्नुहुदै अभिनन्दित र सम्मानितलाई बधाई ज्ञापन गर्नुभयो । चेतन कार्कीको सेतो घोडा चढ्ने रहरकै कारण पनि आफु नाटकको कलाकार बनेको बताउनहुदै अभिनन्दित गणेशबहादुर गुरुङ शिक्षाविद मात्रै नभई वरिष्ठ समाजसेवी रहनुभएको दावी गर्नुभयो । हिमालीले लुकेको कलाकारलाई खोजी खोजी सम्मान गर्नु अत्यन्तै उदाहरणीय कार्य भएको भन्दै प्रसंसा गर्नुभयो ।
हिमाली साँस्कृतिक परिवारबाट मानार्थ सदस्यको सम्मान प्राप्त गर्नुभएका सामाजिक अभियन्ता महेस गुरुङले गर्बिलो संस्थाको मानार्थ सदस्यको सम्मान पाउदा अत्यन्तै हर्षित भएको बताउनुभयो ।हिमाली साँस्कृतिक परिवारले लोपहुदै गएको मौलिक सँस्कृतिहरुको संरक्षण अभियानमा जुटेकाले हिमाली नेपालकै सम्पत्ति भएको उहाँको भनाई थियो । उहाले संस्थाका संस्थापक अध्यक्ष रुपेन बाबुको स्मृतिमा कलाकार सम्मानका लागि यसवर्षदेखि तीनवर्षसम्म वर्षेनी १० हजार ५ रुपैया प्रदान गर्ने घोषणा गर्नुभयो । 
यस अघि कार्यक्रममा हिमाली साँस्कृतिक परिवारले आफ्नो सल्लाहकार महेस गुरुङले लामो समयदेखि संस्थालाई अतुलनीय योगदान पुर्याउनुभएको भन्दै मानार्थ सदस्यता प्रदान गर्दै सम्मान गरेको थियो । यसरी नै परिवारका प्रमुख संरक्षक चेतन कार्की विभिन्न संस्थाबाट अभिनन्दित र सम्मानित हुनुभएको भन्दै फेटा लगाउदै बधाई, सल्लाहकार हुमबहादुर गुरुङ तमु पत्रकारिताबाट पुरष्कृत र शान्ति गुरुङ प्रेस चौतारी पुरस्कारबाट पुरस्कृत भएको भन्दै माला लगाएर बधाई ज्ञापन गरिएको थियो ।
यसरी नै परिवारका वर्षभरमा सबैभन्दा उत्कृष्ठ कलाकारहरुमा सविना गुरुङ र सहकोषाध्यक्ष सविन गुरुङलाई जनही ५ हजार नगद सहित सम्मान पत्रले सम्मान गरिएको थियो । उक्त पुरस्कार मानार्थ सदस्य टीका कार्कीले प्रयोजन गर्नुभएको थियो ।
यस अघि कार्यक्रमको प्रमुख अतिथि कर्णेल जेपी क्रसले दीप प्रज्वलन गरी उद्घाटन गर्नुभएको थियो ।
परिवारका अध्यक्ष मेनकाजी गुरुङको अध्यक्षतामा भएको कार्यक्रमका स्वागत वरिष्ठ उपाध्यक्ष ज्ञानबहादुर थापा र सञ्चालन श्रीजंग गुरुङ गर्नुभएको थियो । कार्यक्रमका हिमाली साँस्कृतिक परिवारका कलाकारहरुले विविध साँस्कृतिक प्रस्तुतिहरु गरेका थिए ।