Latest News

सेती नदि तटबन्धन कार्य सम्पन्न

Shukraj सरुब्ज Tamu
असार १३ गते, मंगलबार

तमु प्ये ल्हु संघको दक्षिण तिर वग्ने सेती नदीको कटानलाई रोक्नको लागि सेती नदी नियन्त्रण योजना परेको छ आर्थिक वर्ष २०७३/७४ मा नेपाल सरकार जल उत्पन्न प्रकोप नियन्त्रण कार्य योजना अन्तर्गत यस २ करोड विनियोजन भएको थियो । जसमा तमु प्ये ल्हु संघको तटबन्धनलाई भने १ करोड मात्र परेको छ । अन्य वाँकी रकम त्यही सेती नदी नियन्त्रण योजना सेतीखोला माथि देखि तलसम्मको लागि छुट्याईएको रकम हो । गत माघ महिनाबाट शुरु गरिएको तटबन्धन कार्य असारको १० गते सम्पन्न भएको छ । जो १ करोड रकमले ३४ मिटर लम्वाईको RCC वाल लगाउन सफल भएको छ । विगत ३ वर्ष आगाडिदेखि यो कार्य निरन्तर भईरहेको छ । यस वर्ष कार्य योजना सक्ने वित्तिकै संस्थाको सामन गिटि वालुवा घोल्ने मिक्सर माथि ल्याउन सफल भएको छ । वर्षामा सेती नदिको वहव वढेर मिक्सर सामन लान सक्ने भएकोले दुई दिन लागएर मिक्सरलाई माथि संस्थामै ल्याउने काम भयो जसमा केन्द्रीय समितिका अध्यक्ष हितकाजी टु तमु र सदस्य शेखर ल्हेगे तमु सहित केन्द्रीय युवा समितिको युवा साथीहरुद्धारा त्यो समान ल्याइएको थियो ।सेती नदी नियन्त्रणको लागि तमु प्ये ल्हु संघको प्रपोजल सहितको मागमा नेपाल सरकारको आर्थिक बर्ष २०७१/७२ को नीति तथा कार्यक्रममा समावेश गरि “सेती नदी प्रकोप नियन्त्रण” शीर्षकमा सोहि वर्ष रु. ४० लाख रुपैंया समेत विनियोजन भयो । योजना संपादन कार्यलाई अघि बढाउनेको लागि आइबहादुर ल्हेंगे तमुको अध्यक्षतामा निर्माण समिति गठन गर्ने भन्ने केन्द्रीय कार्य समितिको निर्णय वमोजिम समिति गठन भई सोहि बर्ष जल उत्पन्न प्रकोप नियन्त्रण कार्यालयबाट प्राप्त रु. २६ लाख र तमु प्ये ल्हु संघ रु. १० लाख रुपैंया गरि रु. ३६ लाख वरावरको Rcc-counterfort wall निर्माण भएको छ । जल उत्पन्न नियन्त्रण कार्यालय र तमु प्ये ल्हु संघको संयुक्त लगानीमा यस आ.व. मा २१ मिटर लामो आर. सि. सि. वाल सम्पन्न भएको छ भने आर्थिक वर्ष २०७२/७३ को लागि पनि रु.४० लाखबाट बढेर रु. ६० लाख रुपैंयाँ विनियोजन भएको थियो । यस वर्ष तमु प्ये ल्हु संघ र जल उत्पन्न प्रकोप नियन्त्रण कार्यालयको संयुक्त लगानीमा २६ मिटर लामो आर. सि. सि. वाल निर्माण गरिएको थियो ।
नेपाल सरकारबाट आ.व. २०७१/७२ को लागि रु. ४० लाख विनियोजन भए ता पनि सवै रकम तमु प्ये ल्हु संघमा आउँदैन् । किनभने उक्त रकम संघको नाममा नभई सेती नदी नियन्त्रण योजनामा विनियोजन भएको हुनाले सेती नदी नियन्त्रणको लागि सेती नदी आसपासका अन्य स्थानमा पनि छुट्याउन पर्ने हुन्छ ।
सेती नदी नियन्त्रणको लागि निर्माण गर्ने वाल ज्यादै कठिन र सम्वन्धीत विषयको प्रतिनिधिको कडा निगरानीमा निर्माण गर्नु पर्ने भएको हुनाले यसमा पूर्ण रुपमा खटिनु पर्ने हुन्छ । निर्माण कार्यलाई सम्पन्न गर्नको लागि तमु प्ये ल्हु संघका सवै तहका सदस्यहरु दिलो ज्यानले खटिनु रहनु भएको छ । यस कार्य सम्पन्न गर्नको लागि तमु प्ये ल्हु संघ केन्द्रीय समिति, केन्द्रीय युवा समिति, केन्द्रीय महिला समिति, लगयात अन्य समितिहरुले सहयोग गरिरहेको छ । आफ्नो संस्था जोगाउनको लागि सर्व लागि परेको छ ।
यो आर. सि. सि. वाल विशेष किसिमले बनेको छ । खोलाको सतह भन्दा दुई मिटर गहिराई सम्म यसको (Foundation) फाउन्डेसन खनेको । पर्खालको जगको (Foundation) चौडाइ ५.५ मिटर, सोलिङ र त्यसमाथि १५ से.मि. PCC ढलान गरेपछि Pcc ढलान माथि ५० से.मि RCC ढलानले यसको जग बनेको छ । ५० से.मि.को RCC ढलान माथि ब्ल्क RCC काउन्टर फोर्ट वाल उठाउदै निर्माण भएको छ । २९ फिट अग्लो Rcc-counterfort wall को टपमा ३० से.मि. चाक्लो रहेको छ । अब निर्माण हुने सबै कार्य यस्तै संरचनाको हुनेछ ।
हाल सम्म तटबन्धन कार्य ३ चोटी गरिसकेको छ । पहिलो वर्ष २१ मिटर, दोश्रो वर्ष २६ मिटर भने यस वर्ष ३४ मिटर गरि ८१ मिटर लम्वाई Rcc वाल लगाउन सफल भएको छ ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*