Latest News

१२ अौ विश्व शान्ती पूजा हङकङमा सम्पन्न

तमुमै ता डटकम
पुनम तमु
हङकङ,बैशाख ५

नमो बुद्ध आमा समुहको आयोजनामा बर्षेनी हुने विश्व शन्ती महापूजा ३१ मे देखी शुरु भई १६ अप्रिलमा सम्पन्न भएको छ । नेपाली नयाँ बर्षाको तिथी पारेर विश्वभरी शान्ती फैलियोस,समस्त प्राणी जगतको कल्याण होस भनी गरीने विश्व शान्ती पूजामा गत बर्ष झै यसपाली पनि कङ्ग्युर पूजा गरिएको थियो । सो पूजाको लागि २१ जना धर्म गुरुहरु नेपालबाट आमन्त्रण गरिएको थियो ।

जसमध्य ढकर रिम्पोछे प्रमुख धर्म गुरुको रुपमा पाल्नुभएको थियो ।

समस्त भक्तजनहरु,आजीवन सदस्यहरुको विश्वाश र सहयोगले गर्दा ३ लाख हङ्कङ डलर खर्छ भएको यो विश्व शान्ती महापूजामा आर्थिक अभाव बेहोर्नु नपरेको र सबैले खुलेर दान दिएको हुँदा हामीलाई काम गर्न सजिलो भएको भन्नु हुन्छ कोषअध्यक्ष उत्तरा गुरुङ ।  १५ अप्रिल सम्म नमो बुद्ध धर्म सेन्टरमा पूजा पाठ गरेपछी,१६ अप्रिलको दिन छेपाकमे अमिताभ आयुस बुद्धको वाङ अभिषेक र समापन कार्यक्रमा याउमा ताइ कम्युनिटी हलमा गरिएको थियो ।

वाङ अभिषेकमा भक्तजनहरुको बिशेष भिड हुने हुनाले यो कार्यक्रमलाई खुल्ला र ठुलो ठाउमा आयोजना गरिएको थियो । जहाँ लगभग १००० जना भक्तजनहरुको सहभागिता थियो । नव बर्षको शुरुवातमा छपाकमे अमिताभ आयुष बुद्धको वाङ अभिषेक गर्नाले भक्तजन सुस्वास्थ्य रहने,आयु ब्रिद्धी हुने विश्वासले भक्तजनको भिड बढेको बताउनुहुन्छ नमो बुद्ध आमा समुहका उपाध्यक्ष टिका देवी गुरुङ ।

आपासी सहयोगको भावना ब्रिद्धी गर्ने,गुरुङहरुको धार्मिक  सांस्कृतिक महत्वलाई जोगाइ राख्नको लागि २००२ मा स्थापना भएको यस नमो बुद्ध आमा समुह लगातार रुपमा “१२ औ” बर्ष सम्म निरन्तर रुपमा विश्व शान्ती महापूजा आयोजना गर्न सफल भएकोमा खुशी ब्यक्त गर्नुहुन्छ अध्यक्ष पदमा कुमारी गुरुङ ।
यस पूजा अवधिभर प्रत्यक्ष अप्रत्यक्ष रुपमा सहयोग पुर्‍याउनु हुने सम्पूर्ण भक्तजन,सहयोगी र धर्म गुरुहरुलाई धन्यबाद ब्यक्त गर्नुहुन्छ ।
धर्म गुरुहरुलाई हङकङका बिभिन्न रमणिय स्थलहरुमा पनि घुमाउने ब्यवस्था मिलाइएको थियो।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*