Latest News

२ महिने भाङग्रा बूनाई तालीम शुरु

पुनम तमु

तमुमै ता डटकम

पोखरा,जेष्ठ २९ मंगलबार

तमु भाङग्रा हस्तकला उधोगको व्यवस्थापनमा पोखरा लेखनाथ महानगरपालिकाको सहयोगमा २०७४ जेष्ठ २९ गते सोमबार दिन पारेर २ महिने तालिमको उद्घाटन कार्यक्रममा धेरै तमु आमाहरुको सहभागिताबाट भब्य रुपमा सम्पन्न भएको छ ।

कार्यक्रमका प्रमुख अतिथि पोखरा लेखनाथ महानगरपालिका सामाजिक शाखा प्रमुख दुर्गा न्यौपानेले ब्यानरमा सही गरि कार्यक्रम उद्घाटन गर्नुभएको थियो ।

प्रशिक्षक्हरुले भाङग्रा बुन्ने सम्बन्धि सिकाउँनुभएको थियो ।

२ महिने तालिम अवधिभित्र सम्म २० जना प्रशिक्षाथीैहरुलाई सुकमाया तमु,बुद्धि सुनार,गोमा तमु,जितकुमारी तमुले प्रशिक्षक गर्ने भएको छ । समाजसेवी,तथा तमु भाङग्रा हस्तकला उधोगका संचालक पोखरा लेखनाथ -१० जनप्रिय टोलमा बस्दै आइरहनुभएको पबित्र तमुले गुरुङ्हरूको पोशाकलाई पुरानो मानिसले बुन्न छोड्दै गएको र नयाँ ब्यक्तिले नबून्ने अनी मेशिनले बनाएको मात्र लगाउने हुँदा भाङग्रा बुन्ने र आफूलाई चाहिने सामान आफैले उपलब्ध गर्न सकिन्छ त्यसैले गुरुङ्को पोशाकमा भाङग्रा अति आवश्यक ड्रेस आफैले बनाइँ लगाउनुपर्छ भन्ने उदेश्यले तमु भाङग्रा हस्तकला उद्योग २०६९ सालमा दर्ता गर्नुभएको थियो ।

यो क्रमलाई नै निरन्तरता दिदै ६ बर्षको अंन्तरालमा वहाँ सक्षम उधमी बन्न सफल हुनुभएको छ । वहाँले जसरी यो उधोगलाई प्राथमिकता दिनुभएको छ त्यसरी नै यसमा सिप सिकन आउने महिला दीदीबहिनीहरुले आफुले सिप सीकेर अरुलाई पनी  सिकाउने छ  र गुरुङ् पोशाकमा चाहीने भाङग्रा सबै महिलाहरुको यो सिपबाट आ-आफनो समाजमा पुराउँन सकोस र देश विदेशमा समेत पुराउँन सकने ब्यक्ति बन्ने आशा राख्नुभएको छ ।

तमु प्ये ल्हु संघ,तमु धी का आमाहरु गरी २० जना समुहले २ महिने तालिमबाट पराम्परागत तानबाट बुन्ने,बुटटा भर्ने, हाते मेशिंबाट बुन्ने जस्ता ३ किसिमबाट भाङग्रा बुन्न सकिने बताउनुभएको छ । जातीय पोशाकलाई जोगाएर राख्नुपर्छ भन्दै एउटै आइटममा मात्र नभई फराकिलो रूपले ब्यापारीक रुपमा प्रयोग हुने हाते तानबाट बनेको सामानहरु सबै उत्पादन गरिने जानकारीदिनुभएको छ ।

 

कार्यक्रममा गोर्खाली एफएमकी स्टेसन म्यानेजर खिमा तमु,स्वस्तिक हस्ताकला उधोगको संचालक सिता तमु,तमु प्ये संघ कास्कीका सचिब बिष्णु तमु,तमु धी नेपालका आमा समुहकी अध्यक्ष हरिमाया तमु,तमु धी नेपालका महासचिब गिरीप्रसाद तमुले र कास्की आवाजका सम्पादक होमबहादुर तमु लगायत व्यक्तिहरुले तालिमको सफलताको लागि शुभकामना ब्यक्त गर्नुभएको थियो ।

प्रमुख अतिथि पोखरा लेखनाथ महानगरपालिका सामाजिक शाखा प्रमुख दुर्गा न्यौपानेले हामी नेपाली महिला दिदिबहिनीहरुले के गर्न सक्दैनउर के गर्न सकेको छैनौ त्यहि भएकोले सानो उद्योगको हिसाबले शुरु गर्दा भोली इन्टरनेशनल रुपको मार्केट लिन सकिन्न भन्न मिल्दैन । यो किसिमको शुरुवात गर्नको लागि तमु दिदिबहिनीहरुको आवश्यक छ । केही गर्न चाहेको केहि गर्न खोजेको पबित्र तमु मार्फत खबर पाएको हुनाले प्रोत्साहन स्वरूप तमु भाङग्रा हस्तकला उद्योगलाई अझ फस्टाउँनको लागि अझ सिप भएको व्यक्तिहरु जन्माउँनका लागि यो प्रस्ताब पास गरेको बताउनुभयो । यो कार्य अझ राम्रो भयो भने, भोलीको सान्दर्रभिकता हेरेर, भोलिको आवश्यकता हेरेर,मार्केटको आवश्यकता हेरेर साँच्चीकै उपयोगी उद्योगहरु खोल्नुभयो भने तिनै आवश्यकताको अनुरुप वहाँहरुको कार्य सम्पादन वहाँहरुको भोलिको तालिमहरु लिइसकेका अवस्थाहरुलाई हेरेर विश्लेषण गरि उधोगको खर्च कति गर्न सकिन्छ हेरेर कति नीजी अवस्थामा हो त्यो हेरेर क्षमता राख्न सक्ने बताउँनुभएको छ । २ महिना सम्मको यस तालिमलाई केवल तालिमको रुपमा मात्र नली यसलाई आजको उद्घाटन सत्रकै दिनबाट म इन्टरनेशनल उधोगपति बन्न सक्छु यो सिपबाट बिश्वोमा नै चिनाउँन सक्ने सक्छु भन्ने एउटा सपना देख्न सिक्नुस,जान्नुस र लागन र सबैको आत्मबल बढोस भन्ने किसिमको सुबेक्च्छा राख्नुभएको थियो ।कार्यक्रममा प्रमुख अतिथिलाई मायाको चिनो प्रदान गर्नुभएको थियो । तमु भाङग्रा हस्तकला उधोगका संचालक पबित्र तमुको अध्यक्षतामा भएको तालिम उद्घाटन कार्यक्रममा स्वागत तमु धी नेपाल आमा समितिका सहकोषअध्यक्ष आसकासी तमु र संचालन तमु भाङग्रा हस्तकला उधोगको प्रबन्धक पुतलीदेवी तमुले गर्नुभएको थियो ।