Latest News

४ संघ संस्थाहरुको तर्फबाट जनप्रतिनिहरुलाई सम्मान

पुनम तमु
तमुमै ता डटकम
पोखरा असार,१० शनिबार

२०७४ साल बैशाख ३१ गते सम्पन्न स्थानीय तहको निर्वाचनमा कास्की जिल्लाबाट निर्वाचित हुनुभएका गुरुङ(तमु) जनप्रतिनिधिहरुलाईं बधाई तथा सम्मान कार्यक्रम गुरुङ पर्यटन ब्यबसाय संघ पशिमांचल कार्य समिति, तमु संचारकर्मी संघ नेपाल, तमु संचारकर्मी संघ कास्की, तमु सांस्कृतिक प्रतिष्ठान नेपालको संयुक्त आयोजनामा अमरसिंह चोक स्थित लेकाली चुलोमा भब्य रुपमा सम्पन्न भएको छ ।

कार्यक्रमको प्रमूख अतिथि पोखरा लेखनाथ महानगरपालिका का मेयर मान बहादुर जी.सी हुनुहुन्थ्यो भने वहाले पानसमा दिप प्रजलन गरी कार्यक्रम उद्घाटन गर्नुभएको थियो ।
कार्यक्रममा बधाई ज्ञापन साथसाथै आयोजक तर्फबाट पोखरा लेखनाथ महानगरपालिका का मेयर मान बहादुर जी.सी, पोखरा लेखनाथ महानगरपालिका का उपमेयर मञ्जु देवी तमु, मादी गाउँपालिकाका प्रमुख बेद बहादुर तमु, रूपा गाउँपालिकाका उपप्रमुख लालसुब्बा तमु, माछापुच्छे गाउँपालिकाका प्रमुख़ कर्ण बहादुर तमु लगायत पोखरा लेखनाथ महानगरपालिका का वडा अध्यक्षहरुलाई पनि फूलमाला, क्रमु, खाता, फेटा, टिका साथै सम्मान पत्रले सम्मान गरिएको थियो ।
कार्यक्रममा बोल्दै प्रमुख़ अतिथि पोखरा लेखनाथ महानगरपालिका का मेयर मान बहादुर जी.सी, बिशेष अतिथिहरु रूपागाउँपालिकाका उपप्रमुख लालसुब्बा तमु, मादी गाउँपालिकाका प्रमुख बेद बहादुर तमु, पोखरा लेखनाथ महानगरपालिका का उपमेयर मञ्जु देवी तमु लगायतका व्यक्तित्वहरुले धन्यबाद ब्यक्त गर्नुभएको थियो । आयोजक मध्यका गुरुङ्ग पर्यटन ब्यवसाय पशिमांचल समितिका अध्यक्ष बबरजंग तमुले ४ वटै संस्थाको सामूहिक निमन्त्रलाई स्वीकार गरी पाल्नुभएका ब्यक्तिहरुलाई स्वागत मन्तब्य राख्नुभएको थियो भने वहाँ गुरुङ्ग पर्यटनसँग सम्बन्धी रहेको हुदा पर्यटन सम्बन्धी कुराहरु समेत राख्नुभएको थियो । कार्यक्रमको संचालन तमु संचारकर्मी संघ नेपालकी सचिब रोशनी तमुले गर्नुभएको थियो भने तमु सांस्कृतिक प्रतिष्ठानका अध्यक्ष चिजकाजी तमुले कार्यक्रमको समापन गर्नुभएको थियो ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*