Latest News

चलचित्र निर्देशक जसु गुरुङलाई मातृ शोक

 रोशनी गुरुङ÷तमूमै ताँ डटकम, पोखरा, १६ असार

गुरुङ चलचित्रकी सेलीब्रेटी जसु गुरुङलाई मातृ शोक परेको छ । उहाँकी ममतामयी आमा तिलकुमारी गुरुङको ६६ वर्षको उमेरमा भारतको नयाँ दिल्लीमा उपचारको क्रममा दुःखद निधन भएको छ । विगत लामो केहि समयदेखि अस्वस्थ भए पछि उहाँलाई भारतमै राखेर उपचार गराईएको थियो । स्याङजाको अर्जुनचौपारी गा.वि.स. वडा नं. ७ लामडाँडा निवासी उहाँ पछिल्लो समय पोखरामै बस्दै आउनु भएको थियो भने हाल उपचारको शिलशिलामा नयाँ दिल्लीमा रहनु भएको थियो । स्व.गुरुङको गुरुङ संस्कार अनुसार भारतमै दहसंस्कार गरिएको छ । स्व.गुरुङको दुई छोरा र एक छोरी हुनुहुन्छ । जेठा छोरा भारतीय सेनामा सुवेदार पदमा कार्यरत रहनुभएको छन भने कान्छा छोरा पोखरामा व्यवसायमा संलग्न हुनुहुन्छ । उहाँको एकमात्र छोरी जसु गुरुङ गुरुङ चलचित्रको नायिका, कोरियोग्राफर तथा चलचित्र निर्देशक हुनुहुन्छ । जसु गुरुङद्धारा निर्देशीत गुरुङ चलचित्र कर्म क्याँ हालै प्रदर्शनमा आएको छ । उहाँले दर्जनौ म्युजिक भिडियो र गुरुङ चलचित्रका गीतहरुमा कोरियोग्राफरको रुपमा काम गरि सक्नुभएको छ । आमाको दुःख निधनको खबर पछि लगत्तै दिल्ली पुगेका गुरुङको स–परिवार अहिले दिल्लीमै रहेको छ ।jassujassu-1

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*