Latest News

स्टार्स स्टुडियोको भब्य समारोहका बीच शुभारम्भ कार्यक्रम सम्पन्न

 रोशनी गुरुङ÷ पोखरा, ७ असोज

चलचित्र निर्देशक एवं गुरुङ फिल्म एशोसियशन नेपाल (जिफान) कास्कीका अध्यक्ष जसु गुरुङद्धारा सञ्चालनमा आएको स्टार्स स्टुडियो प्रा.लि.को शुभारम्भ कार्यक्रम पोखरामा भव्य समारोहका बीच सम्पन्न भएको छ । विभिन्न विधामा नृत्य प्रशिक्षण दिने, हरेक जातजातिको भेषभुषा भाडामा उपलब्ध गराउने, चलचित्र, वृत्तचित्र, म्युजिक भिडियो आदि निमार्ण गर्ने उद्देश्यका साथ सञ्चालनमा आएको स्टुडियोको कार्यक्रमका प्रमुख अतिथि गुरुङ फिल्म एशोशियशन नेपाल (जिफान)का केन्द्रिय अध्यक्ष वेदबहादुर गुरुङ (श्याम)ले रिबन काटेर उदघाटन गर्नुभयो । सो अवसरमा बोल्नुहुदै उहाँले स्टार्स स्टुडियोको सञ्चालनले नेपालको लोक संस्कृतिको संरक्षणमा टेवा पुग्नुका साथै लोप हुन लागेको विभिन्न जातजातिको भेषभुषाको संरक्षण र प्रबद्र्धन हुने भन्दै सञ्चालक गुरुङलाई यस प्रकारको कामलाई निरन्तरता दिन आग्रह गर्नुभयो । पोखराको न्यूरोडमा रहेको स्टुडियोको कार्यालयमा उदघाटन गरिएको कार्यक्रमको साँस्कृतिक कार्यक्रम भने पोखरा उद्योग वाणिज्य संघको हलमा आयोजना गरिएको थियो । कार्यक्रममा स्टार्स स्टुडियोका कलाकारहरुले विभिन्न साँस्कृतिक प्रस्तुती प्रस्तुत गरेका थिए भने कलाकारहरु मनोहर राना, स्मृति राई, रोहित गुरुङ, फयुजा गुरुङ लगायतले गीत गाएर दर्शकलाई भरपुर मनोरञ्जन प्रदान गरेका थिए । कार्यक्रमलाई समाजसेवीहरु पार्वती गुरुङ यु.के., सिता शेरचन हङकङ, रनु गुरुङ र सुमन गुरुङ हङकङ, मास्टर गणेश गुरुङ हङकङले मुख्य प्रायोजन गर्नुभएको थियो । शुभारम्भ कार्यक्रममा प्रायोजक तथा सहयोगीहरुलाई तमू प्ये ल्हु संघ युएईमा महासचिव भीम तमू (सविनय), जिफानका संस्थापक अध्यक्ष माओत्से गुरुङ, प्रथम उपाध्यक्ष राजेश गुरुङ, शिक्षाविद डा.गेहेन्द्रमान उदास, प्राध्यपक ज्योती भट्टचन तथा कार्यक्रमका प्रमुख अतिथि लगायतले मायाको चिनो तथा प्रशंसा पत्र वितरण गर्नुभएको थियो । स्टुडियोका सञ्चालक जसु गुरुङको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको सञ्चालन पत्रकार रोशनी गुरुङले गर्नुभएको थियो भने गायक तथा नृत्य प्रशिक्षक रोहित गुरुङले स्वागत मन्तव्य दिनुभएको थियो । star-studio-3 star-studio-6star-studio-4 star-studio-5star-studio-2

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*