Latest News

कान्तिपुरकर्मी गुरुङ सम्मानित

आश्विन १३, २०७३

कान्तिपुर दैनिकका लमजुङ संवाददाता आश गुरुङलाई सम्मान गरिएको छ । जिल्लाको भुलभुले–९, लुदी गाउँमा बिहीबार आयोजित पाँचौ अलैंची महोत्सवको अवसरमा गुरुङलाई सम्मान गरिएको हो ।

जिल्लामा अलैंची व्यवसायको विस्तार, प्रसोधन र गुणस्तर सुधारका लागि संचार माध्ययमार्फत योगदान पुर्‍याएको भन्दै जिल्ला कृषि विकास कार्यालय, लमजुङ उद्योग वाणिज्य संघ र नेपाल अलैंची व्यवसायी महासंघद्वारा संयुक्तरुपमा आयोजित महोत्सवमा सम्मान गरिएको हो ।

गुरुङलाई कृषि राज्यमन्त्री राधिका तामाङ, सांसद लालबहादुर गुरुङ, वरिष्ठ कृषि विकास अधिकृत कृष्णभद्र अधिकारी र अलैंची ब्यवसायी महासंघका जिल्ला अध्यक्ष अजय तामाङले संयुक्तरुपमा सम्मानपत्र प्रदान गरेका थिए ।

उक्त अवसरमा नेपाल पत्रकार महासंघ जिल्ला शाखा, पत्रकार छविलाल बगाले र युवराज श्रेष्ठ साथै जिल्लाका अलैंची कृषक, महोत्सव संचालनका लागि सहयोग तथा समन्वय गर्ने विभिन्न संघसंस्था र ब्यक्तिलाई पनि सम्मानपत्र तथा कदरपत्र प्रदान गरिएको थियो ।

साभार : इकान्तिपुर डट कम

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*