Latest News

लमजुङका दीपक गुरुङ रास्ट्रीय फुटबल टीममा छनौट ।


  • उत्तरी लमजुङको बाहुनडाँडा, घेर्मु र ताघ्रिङ गाविस मध्येका दिपक गुरुङ राष्ट्रिय फूटबल टिममा छनौट भएका छन् । ताघ्रिङ गाविस वडा नम्बर ३ का छापागाउँमा जन्म भएका २५ बर्षिय दिपक गुरुङ मंगलबार भएको छनौट कार्यक्रममा छनौट भएका हुन् ।

सानै बाट गुरुङको फुटबल प्रती मोह रहेको थियो । जिल्लाका गाउँ गाउँमा फुटबल खेल्दै हिड्ने उनको अबभने फुटबल प्रतीको मोहको साकार भएको छ । उनी विभिन्न गाउँ स्तर जिल्लास्तरका खेल हरुमा आफ्नो कुशल खेल प्रदर्शन गर्दै नेपाली ठुला ठुला क्लबहरु मा आबद्ध भइसकेका छन् ।  कयौं खेलहरु खेलिसकेका दिपक अब भने नेपालको प्रतिनिधित्व गरेर खेल्ने राष्ट्रिय टिम मा छनौट भएका हुन् । करिब ४ महिनादेखी राष्ट्रिय टिममा खेलाडी छनौट गरीने निर्णय गरीए सँगै सनिबार भने गुरुङ सँगै  अन्य जिल्लाका २३ जना खेलाडी छनौट भएका छन् । लमजुङबाट भने गुरुङ मात्र छनौट भएको हो । सानैदेखी फुटबल मै चासो राख्ने उनी अहिले राष्ट्रिय टिममा छनौट हुन पाउदा खुशी लागेको दिपक गुरुङले फोनबाट जानकारी दिनुभयो । फुटबललाई नै आफ्नो पेशा बनाएर खेलमा अघि सरेका गुरुङ अहिले काठमाडौमा बसि अन्तराष्ट्रियस्तरको खेलमा जाने तयारीमा छन् । गुरुङ लगायतको २३ जनाको राष्ट्रिय टिम लक्ष्मीपुजाको दिन मलेसियमा खेल खेल्न जादैछन् । बाघेता मध्येका एक खेलाडी राष्ट्रिय टिममा छनौट भए पछि बाघेता बासिमा हर्ष छाएको छ । यो जानकारी उनीहरुका लागि गर्वको बिषय रहेको बताएका छन् । बाघेता युनाइटेड क्लबका अध्यक्ष मिनप्रसाद घलेले गुरुङलाई अझै पनि सफलता हासिल गर्र्न शुभकामना ब्यक्त गर्नुभएको छ ।
साभार: रेडियो मर्स्याङ्दी डट ओ आर जि
fb_img_1477527318549

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*