Latest News

मृगौला पिडित सन्तबहादुर गुरुङ लाई नेपाल पठाइँदै

सुरेश गुरुङ,नोभेम्बर ९ कुवेत
कुवेतलाइ कर्मथलो बनाउदै आएका नेपाल गोर्खा जिल्ला बारपाक गाबिस १ घर भई बिगत ३ बर्षदेखी कुवेतमा रहेका र दुबै मृगौला फेल भई हस्पिटलमा उपचार गराइ रहनु भएको सन्तबहादुर गुरुङ आज बेलुकी ८ बजे कतार एयरवेजको फ्लाईट नं. QR १०८९ द्वारा दोहा कतार हुँदै भोली बिहान ११ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौमा अवतरण हुनेछ।

गुरुङ नेपाल बाट हटको सप्लाई कम्पनीमा आएका उनी कम्पनी छोडेर बाहिर निस्केर ईलिगल रुपमा कुवेतमा बस्दै आएका गुरुङ एक हप्ता देखी मुबारक अलकबिर अस्पताल जावरिया मा उपचार गराइ रहेको थिए। गुरुङ लाई लिन को लागि उहाँ को परिवार आमा र श्रीमती हिज नै काठमाडौ आइसकेका छन। भने कुबैत बाट नेपाल सम्मा को जान को लागि कतार एयरवेज टिकट तमू समाज कुवेत ले उपलब्ध गरेको छ। भने सहयोगी हरु मा उनको उपचार तथा घर फिर्तिको लागी एन आर एन ए, कुवेत बाट आर्थिक सहयोग (७१ केडी) नेपाली युवाहरुको संस्था नेपालकुवेत सरोकार समाज,बाट(५१ केडी) नेपाली राजदूतावास कुबेत, तमु प्ये ल्हु संघ कुवेत बाट (६०केडी ) रिशा गुरुङ लगायत अन्य साथीहरु बाट ( ३९ केडी) घर फर्कन को लागि आर्थिक सहयोग गरे को छ। आफ्नो अवस्था अनुसार सहयोग गर्ने सबैले गुरुङ को शीघ्र स्वास्थ्य लाभको कामना गरेको छन। भने (एन आर एन ए, कुवेतका अध्यक्ष अर्जुन तमाङ) ले कोही पनि बाहिर निस्केर ईलिगल भएर नबस्नु पनि अनुरोध गर्नु भएको छ ।

साभार : कुवेतनेपाल डट् कम्

santa-kidny-2santa-kidny-1 santa-kidny-3 santa-kidny-4 santa-kidny