Latest News

वाईवी गुरुङ, लिस्बोन २३ नोभेम्बर २०१६ –

नेपाल सरकारका तर्फबाट पहिलो पटक पोर्चुगलका लागि नेपाली पर्यटन दुतका रुपमा एनआरएनएन पोर्चुगलका पुर्व अध्यक्ष,तमु समाज पोर्चुगलका संस्थापक संरक्षक,एनआरएन केन्द्रिय समन्वय परिषदका सदस्य तथा पोर्चुगलका सफल नेपाली ब्यबसायी रमेश कुमार गुरुङ लाई नियुक्त गरेको छ ।
नेपाल सरकार अन्तर्गत पर्यटन मन्त्रालयले नेपालको पर्यटन विकास तथा प्रबर्धनका लागि हरेक देसमा पर्यटन दुत नियुक्ति गर्ने अख्तियारी लिए संगै पोर्चुगलका लागि रमेश कुमार गुरुङलाई नियुक्ति गरेको हो भने अन्य अमेरिका,बेलाएत ,नर्वे आदि देसहरुमा पहिले नै नियुक्ति गरिसकेको छ ।
के काम हो पर्यटन दुतको ?
नेपालको अर्थतत्न्र बिकासका लागि बार्षिक १० लाख पर्यटक भित्र्याउने सरकारको महत्वाकाँक्षी लक्ष,पुरा गर्ने उद्देश्य स्वरुप नेपाल सरकारले नेपालको कुटनीतिक सम्बन्ध कायम भएका देसहरुमा पर्यटन दुत नियुक्ति गर्ने गरेको छ ।नेपाल सरकारको सोहि महत्वकांक्षी लक्ष पुरा गर्नमा र नेपालको आर्थिक बिकासमा टेवा पुर्याउनमा सहयोगी भूमिका खेल्नु  पर्यटन दुतको मुख्य काम हो , जसका लागि नेपालको पर्यटन विकास तथा प्रबर्धनमा  सहयोग गर्ने देखि लिएर नेपालको प्रचार प्रसार गरि बढी भन्दा बढी पर्यटक नेपाल भित्र्याउनु दुतको मुख्य काम हुने छ ।
कसरि नियुक्ति हुन्छन पर्यटन दुत ?
सामान्य मापदण्ड अपनाएको छ सरकारले पर्यटन दुत नियुक्तिका लागि । आवश्यक अनुसारको फाराम भर्ने देखि लिएर निबेदन दिनु पर्दछ भने नियुक्ति प्रक्रिया सम्बन्धित देसमा लामो समय सम्म बसोवास गरेको,सम्बन्धित देसको बारेमा राम्रो जानकारी भएको,कुनै पनि ब्यबसायिकता अपनाएको,सम्बन्धित देसको कुटनैतिक सस्न्थाले सिफारिस गरेको , कुनै पनि सस्थागत भ्रस्टाचार नगरेको वा नमुछिएको,समाजमा लामो समय सम्म सामाजिक योगदान दिएका ,कुनै पनि अपराधि गतिबिधिमा संलग्न नभएको आदि व्यक्तिहरुलाई पर्यटन मन्त्रालय तथा पर्यटन बोर्डले यी माथिका पर्क्रिया पुरा गरेका व्यक्तिहरु मध्येबाट छनोट गर्ने गर्दछ, सोहि अनुसारको मापदण्ड पुरा गरि गुरुङलाई दूतका रुपमा नियुक्त गरिएको कुरा पर्यटन मन्त्रालयले जानकारी दिएको छ ।

साभार : तपाईंकोआवाज डट कम्

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*